दाेलखामा भएकाे हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनालाई ‘विरता पदक’


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले २०७२ सालमा आएको विनासकारी भूकम्प पश्चात उद्दार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका अमेरिकी सैनिकहरुलाई उनीहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट दिइएको ‘वीरता पदक’ प्रदान गरेका छन् ।

काठमाडांैस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगोरी डी पाइप्सलाई हस्तान्तरण गरेका थिए । भूकम्पपछि उद्धारकार्यका बेला सिन्धुपाल्चोक जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परि अमेरिकी सेनाका ६ जनासहित २ नेपाली सेनाका सैनिकहरुले वीरगति प्राप्त गरेका थिए ।

प्रधानसेनापति क्षेत्रीले सो अवसरमा सरकारले २०७३ सालमा प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्यदर्जा तथा कर्तव्य पालनाको सिलसिलामा वीरगत प्राप्त सकलदर्जालाई प्रदान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com