आज बर्षकै लामो दिन


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

आज बर्षकै  लामो दिन अर्थात जुन २१ । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । सामान्यत: आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईको आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया: २१ जुनमा दिन लामो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com