‘बाहुबली’ प्रभासलाई मार्न जब ‘कटप्पा’ बने वरुण


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

‘बाहुबली २’ अझै पनि भारतीय हलहरूमा चलिरहेको छ । फिल्मको सफलताको खुसियालीमा निर्देशक करण जौहरले सोमबार राति आफ्नै घरमा पार्टी आयोजना गरे । पार्टीमा प्रभास, राना दग्गुबत्ती, आलिया भट्ट, रणवीर कपुरसहित अन्य स्टारहरू पनि उपस्थित थिए ।

अभिनेता वरुण धवन पनि थिए । पार्टीपछि वरुणले एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरे, तस्बिरमा उनले प्रभासको पिठ्युँमा तरबार गोपेको देखिन्छ ।

तस्बिर सेयर गर्दै वरुणले लेखेका छन्, ‘यो संसारमा केबल दुई व्यक्ति यस्तो कामको इतिहास रच्न सक्छन्, एक कटप्पा र अर्को म । प्रभास निकै शान्त छन्, भगवान्ले उनलाई जिन्दगीमा अझै राम्रो गर्न शक्ति दिएका छन् ।’ सो तस्बिरले बाहुबली–२ को सिनको याद दिलाउँछ, जसमा कटप्पाले बाहुबलीलाई मारिदिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com