विप्लव समूहका ७ जना पक्राउ


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

विभिन्न ठाउँमा निर्बाचन विरोधी गतिविधि गरिरहेको आरोपमा भोजपुर र पाँचथरबाट अर्धभूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई निर्बाचन अवधिसम्मका लागि सार्वजानिक अपराध मुद्धा दर्ता गरी हिरासतमा राखिएको छ ।

दुई साताअघि भोजपुरको याङपाङबाट पक्राउ परेका माओवादी कार्यकर्ता जीवन राई र मानबहादुर राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । वास्तिम गाविसका भूपू अध्यक्ष समेत रहेका जीवन राई दशबर्षे जनयुद्धकालमा समेत माओवादीको सक्रिय कार्यकर्ता हुन् ।

अर्का कार्यकर्ता मानबहादुरसित सरकारी कार्यालयको साइन्डबोर्ड फालेर जनगणतन्त्र नेपाल लेखिएको बोर्ड राखिरहेको अवस्थामा उनीहरु पक्राउ परेको भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए । माओवादीको भोजपुर इन्चार्ज लक्ष्मी तामाङ ज्ञानुलाई समेत असार ३ गते टेम्के मैयुङ गाउँपालिकाको खावाबाट प्रहरीले पक्राउ गरेको छ । उनलाई समेत जिल्ला प्रशासन कार्यालयबाट सार्वजानिक मुद्धा दर्ता गरी म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा पहरासतमा राखिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एक साताअघि पाँचथर प्रहरीले माओवादीका जिल्ला इन्चार्ज अर्जुन आचार्य सौगातसहित चारजनालाई पक्राउ गरेको छ । उनीहरुलाई समेत हिरासतमा राखिएको पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताए । पक्राउ परेका विप्लव समुहका कार्यकर्तालाई असार १४ गते निर्बाचन सम्पन्न भएपछि छाडिने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com