स्थानीय एजेन्टको फन्दामा परेर उदयपुरका १७ युवा साउदीमा अलपत्र


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

उदयपुर : स्थानीय म्यानपावर र एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन्। काठमाडौंमा रहेका साउण्डलाइन रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाडौंको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन्।

२ महिनामा १७ अलपत्र

साउण्डलाइन रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका नेत्र लिम्बू र उनकी श्रीमती रेस्मा लिम्बूको ठगीमा परेर स्थानीय युवा अलपत्रमा परेको बताएका छन्। अलपत्र पर्नेमा त्रियुगा नगरपालिका भित्र भएर भएका र साविकको हडिया, साउने, खोटाङ लगायतका युवाहरु रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेत्रमार्फत गएको चैत्र र वैशाख महिनाभित्र साउदी पुगेर अलपत्र पर्नेहरुमा गोविन्द खड्का, हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, वसन्त राई, सोभित राई, मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, रहेको साउदीबाट अलपत्र परेका उमेश खड्काले जानकारी दिए।

७० हजारदेखि १ लाख ७० हजारसम्म तिरेका छौं
‘हामीले लिम्बू दम्पतीलाई ७० हजारदेखि १ लाख ७० हजारसम्म पैसा तिरेर आएका हौं,’ जेदा हम्दवीमा रहेको विन लादेन कम्पनीमा कार्यरत उमेश खड्काले भने, ‘अहिले भनेको जति तलब पनि पाएनौं, अनि काम गरेको तीन महिना भइसक्दा पनि तलब पाएका छैनौ।’ खान बस्नमा समेत समस्या छ। यसैगरी, सोही कम्पनीमा काम गर्न पुगेका नारायण श्रेष्ठले खान, बस्नु, औषधी, उपचार समेत समस्या भएको बताए। ‘हामीलाई लिम्बू दुवैले गाईघाटमै विना प्रमाण पैसा लिएर साउदी पठाएका हुन्,’ उनले भने, ‘साउदी आउन नेपाल सरकारबाट मात्र १० हजार भए पुग्ने रहेछ।’

थाहाखबरको कुराकानीमा सोमबार कार्कीले गैरकानुनी रुपमा साउदी पठाएको गुनासो गरे। सोही कम्पनीमा लिम्बूमार्फत नै साउदी पुगेका टोपबहादुर मगरले नेपाल फिर्ता  गरिदेऊ भन्दा पनि साउण्डलाई रिकुमेन्ट सर्भिसेसका उदयपुरका एजेन्टका रुपमा चिनिने नेत्र लिम्बूले धमक्याउने गरेका छन्। ‘काम गर्न गएको होइन, काम गर्न, किन नेपाल आउने भन्ने जवाफ दिन्छन्,’ उनले थाहाखबरसँग कुरा गर्दै भने, ‘हामीलाई यहाँसम्म आउँदा बेचिसकेको रहेछ, थाहा नै पाएनौं।’

स्थानीय एजेन्ट नेत्रका श्रीमान्/श्रीमती सम्पर्कविहीन

साउण्डलाई रिकुमेन्ट सर्भिसेस प्रालिबाटै लिम्बू दम्पतीले साउदी पठाएका त्रियुगा नगरपालिका १३ असारीका २४ वर्षे  युवा तेजबहादुर कटुवाल अलपत्रको समाचार थाहा खबरमा प्रकाशित भएपछि सम्पर्क आएकाले १७ युवाको आफन्तले समेत खोज्दा लिम्बू दम्पति बेपत्ता भएका छन्। नेत्रको निजी नम्वर ९८१८९०२८६७ मा दर्जनौं पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सेकेको छैन भने, श्रीमती रेस्मा लिम्बूको ९८१९९४२७५९ फोन पनि अफ छ। दम्पतिले साउदी ठगी गरेरको गुनासो पत्रकार, घरपरिवार, स्थानीय प्रशासनलाई मसेत जानकारी दिन थालेपछि सम्पर्कविहीन भएका हुन्। लिम्बूबाटै साउदी पुगेका तेजबहादुर कटुवाल प्यारालाइसिस रोगबाट थलिएका छन्। नेत्र सुव्वा लिम्बूको श्रीमती रेस्मा लिम्बू खत्रीलाई १ लाख ७० हजार नगद विनाकागज तिरेर साउदी पठाएको बुबा गजकेशर कटुवालले बताए। ‘साउदी पुगेपछि छोराले काम पनि पाएन, आधा शरीर चल्न नसक्ने रोग लाग्दा पनि म्यानपावरले फिर्ता ल्याइदेऊ भन्दा पनि ल्याइदिने कुरा गर्दैन। धन कमाउने आशमा साहुसँग ऋण लिएर साउदी पुगेका उदयपुरका १७ जना युवा अहिले नेपाल फर्कन माग गरिरहेका छन्। जिल्ला समन्वय समितिअन्तर्गत रहेको वदेशिक रोजगार परामर्श केन्द्र (सामी परियोजना) उदयपुरकी प्रमुख सोनाम राईले कानुनी रुपमा प्रक्रिया पुर्‍याएर १७ जनालाई नै नेपाल ल्याउन सकिने बताइन्। ‘साउदीबाट नेपाल ल्याउनेको लागि उनीहहरुका आफन्तलाई खोजी गर्नु पर्‍यो,’ उनले भनिन्, नेत्रलाई कानुनी कारबाही गरी क्षतिपूर्ति दिलाउन सहयोग गर्ने छौं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com