देशभर विकासको लहर अगाडि बढाइने छ : ओली


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन् ।

अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिए । नेता ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले नेता अग्नि खरेल, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितलगायतले देशलाई समृद्ध बनाउने योजनामा एमालेको जित आवश्यक रहेको जिकिर गरे । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com