युद्धकालमा दरवारसँग सम्बन्ध थियो : दाहाल


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन राजा वीरेन्द्र शाहका भाइ धिरेन्द्रसँग प्रत्यक्ष कुराकानी भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले वार्ताका लागि कोशिस गरिरहेका थियौं । वीरेन्द्रका भाइ धीरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो ।’

पत्रकार उजीर मगरको पुस्तक अंशको विमोचन कार्यक्रममा मंगलबार उनले आफुहरुको दरबारसंग कुराकानी भइरहेकै बेला दरवार हत्याकाण्ड भएकोसमेत उल्लेख गरे । उनले थपे, ‘वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो । यसले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्मायो । यही प्रतिकूल परिस्थितिका कारण हामीले देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुँदे समझदारी गरियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबाट माओवादीले सशस्त्र संघर्षकै बेला दरवारसँग सम्बन्ध स्थापित गरेको भन्ने कांग्रेस र एमाले नेताहरुले यसअघि पटक पटक भन्दै आएको भनाइलाई पुष्टि गरेको छ । दाहालले दरवार हत्याकाण्डपछि फेरिएको राजनीतिक परिस्थितिले गणतन्त्र र लोकतन्त्रमा जान बाध्य बनाएकोसमेत उल्लेख गरेका छन् ।

दाहालले माओवादीले सुरु गरेको सशस्त्र संघर्ष कुनै नेताको मनोगत चाहनाले भन्दापनि परिस्थितिले निम्त्याएको उल्लेख गरेका छन् । ‘हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो,’ उनले भने, ‘पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com