‘गैरकानुनी कामदार जुन ३० भित्र दर्ता नगरे कारबाही’


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४- मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई यही जुन ३० भित्रै दर्ता गराउन रोजगारदाताहरुलाई आग्रह गरेको छ । ती कामदारहरुलाई दर्ता नगराएमा वा दर्ता नगरी जागिर दिएमा जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी पनि उसले दिएको छ ।सरकारी समाचार संस्था ‘बर्नामा’ले मलेसियाली अध्यागमन विभाग महानिर्देशक दातुक मुस्ताफिर अलिलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार जुन ३० भित्र आफूसँग भएका गैरकानुनी कामदार दर्ता नगर्ने रोजगारदाताले कानुनी कारबाही ब्यहोर्नुपर्नेछ । रोजगारदाता र कामदारले उक्त अवसरको सदुपयोग गर्नुको सट्टा ‘जरिवाना तिरेपछि सबै ठीक हुन्छ’भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरेमा कडा कारबाही हुने पनि महानिर्देशक अलिले बताए ।

कतिपय रोजगारदाता भने सरकारी प्रावधानविपरीत त्यस्ता हैसियतका कामदारलाई बिनादर्ता रोजगारी दिँदै आइरहेका छन् । कानुनी प्रावधानअनुसार गैरकानुनी कामदारलाई जागिर दिने रोजगारदातालाई १० हजारदेखि ५० हजार रिंगिटसम्म जरिवाना र एक वर्ष जेल वा दुवै सजाय हुनसक्छ ।

नेपालीहरुको लागि वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य रहँदै आएको मलेसियामा हाल कानुनी रुपमा करिब ५ लाखभन्दा बढी नेपाली र तीबाहेक अन्य कयौं गैरकानुनी अवस्थामा कार्यरत रहेको हुनसक्ने अनुमान छ ।

यस्तो छ दर्ता प्रक्रिया
यस कार्यक्रममार्फत आफ्ना सबै विवरणसहित आफूलाई रोजगारी उपलब्ध गराउने कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ । त्यसपछि रोजगारदाताले प्रतिकामदार ५ सय रिंगिट र कामदार स्वयंले ३ सय गरी ८ सय रिंगिट जरिवाना तिर्नुपर्नेछ । यद्यपि यसरी दर्ता हुन कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना भइसकेको हुनुपर्ने, आपराधिक गतिविधिमा लागेको पृष्ठभूमि नभएको, संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्ने मापदण्डहरु छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामदारको बायोमेट्रिक विवरण दर्ता गरेपछि विभागले त्यस्तो कार्ड उपलब्ध गराउँछ र उक्त कार्डको म्याद आगामी वर्ष फेब्रुअरी १५ सम्म रहने जनाइएको छ । महानिर्देशक अलिका अनुसार त्यस्तो कार्ड गत जुन ७ सम्ममा १ लाख ४ हजार ५ सय ७ जना कामदारले लिइसकेका छन् । तीमध्ये हजारौं नेपाली रहेका अनुमान छ ।

दर्जन अवसर
मलेसियाले गत २००९ यता झण्डै दर्जनपटक यस्ता अवसर दिइसकेको छ । उसले पछिल्लोपटक फेब्रुअरी १५ देखि यही जुन ३० सम्मका लागि अध्यागमन विभागमा दर्ता गराई ईन्फोर्समेन्ट–कार्ड (ई–कार्ड) लिनुपर्ने प्रावधानसहित त्यस्ता कामदारका लागि नयाँ कार्यक्रम घोषणा गरेको थियो । त्यसअघि उसले ‘रिहाईरिङ प्रोग्राम’ भनिने दर्ता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमको समयावधि गत जनवरी १५ मा सकिएको थियो । त्यसपछि फेब्रुअरी १५ देखि इकार्डसहितको ‘पुन: भर्ना एवं स्थानान्तरण कार्यक्रम’ सुरु गरेको थियो ।

सँधैको पिरलो
गैरकानुनी कामदारसम्बन्धी समस्या मलेसियालाई पिरलो बन्दै आएको छ । उसले गैरकानुनी विदेशी कामदारको संख्या घटाउन सफल भए पनि अपेक्षित रुपमा उनीहरुलाई मुलुकबाट हटाउन भने सफल भएको छैन । विचौलियाबाट कामदारहरुमा हुने ठगी नियन्त्रण गर्न यो प्रक्रिया प्रभावकारी भए पनि अझै पनि लाखौं विदेशी कामदार दर्ताबिनै काम गरिरहेका हुनसक्ने अनुमान छ । मलेसियाले गत फेब्रुअरी १५ देखि लागू भएको ‘पुन भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई अब निर्माण, उत्पादनलगायत क्षेत्रका अलावा ती क्षेत्रमा पनि रोजगारी खुला गरेको थियो । अहिले कयौं कामदारहरु ती क्षेत्रमा कार्यरत छन् ।
Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com