कांग्रेसको चुनावी प्रचारको जिप दुर्घटना, १ को मृत्यु


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

कांग्रेसको चुनावी प्रचारको क्रममा कार्यकर्ता लिएर हिँडेको जिप सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका ५ मैदानबाट अमजातर्फ जाँदै गरेको श्रीनगर यातायातद्वारा सञ्चालित लु १ ज १९५८ नम्बरका जिप दुर्घटना हुँदा कांग्रेसका क्रियाशील सदस्य मैदानका २६ वर्षीय अर्जुन घिमिरेको निधन भएको छ । गाडी सडकबाट एकसय मिटर तल खसेको छ ।

दुर्घटनामा कांग्रेस कार्यकर्ता खिमानन्द बेल्वासे, तारा पाण्डे, शेषकान्त गैरे, हुमलाल घिमिरे, यमलाल गैरे, माधव घिमिरे, सुरज घिमिरे र लिलावती घिमिरेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ । कांग्रेसबाट पाणिनी गाउँपालिका प्रमुखका उम्मेदवार अच्युत गौतमले चुनावी प्रचारमा हिँडेको गाडी दुर्घटना भएको बताए । उनी घाइतेको उपचारको लागि मिसन अस्पतालमा छन् । दुर्घटनापछि चालक वामदेव अधिकारी फरार रहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com