महाधिवेशन आयोजक समिति सदस्यसहित चारजना माओवादीबाट निस्कासित


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यसहित चार जनालाई पार्टीबाट निस्कासन गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत गएर गतिविधि गरेको भन्दै माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हर्कबहादुर कामी, केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद पुन, जिल्ला सदस्य भरत पुन र जिल्ला सल्लाहकार मनिराम पुनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

जिल्ला अध्यक्ष गोपाल शर्माले व्यक्तिगत स्वार्थपूर्तिको लागि पार्टीको निर्णयविपरीत गएकाहरुलाई कारबाही गरेको जानकारी विज्ञप्तिमार्फत दिएका छन् । जनविरोधी शक्तिको उक्साहटमा लागेर स्थानीय तहको निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहको निर्वाचनमा हर्कबहादुर कामीले पुथाउत्तरगंगा गाउँपालिका–२, को अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । सोही गाउँपालिका–१,को वडा सदस्यमा स्वतन्त्र प्यानलमा लक्ष्मीप्रसाद पुनले उम्मेदवारी दिएका छन् भने भरत पुनले सोही वडाको अध्यक्षमा स्वतन्त्र प्यानल बनाएरै उम्मेदवारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com