चीनले ल्यायो स्मार्टबस


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

चिनियाँ रेलको चर्चा सर्वत्र छ । तर, चीनले भने हालै नौलो बस सार्वजनिक गरेको छ, रेलजस्तै बस । स्मार्टबस नाम दिइएको यो बस ३० मिटर लामो र ३ सय जनासम्मलाई राख्न सक्ने यो बसका तीनवटा डिब्बा छन् । रेलजस्तै भए पनि यसका लागि कुनै रेलवे लाइन चाहिँदैन । यसमा चालक पनि हुँदैनन् । बरु सामान्य पक्की सडकमै यसका लागि सेतो रङको लाइन कोरिएको हुन्छ, जसलाई सेन्सरले पछ्याउँदै स्मार्टबस गुड्छ । पूर्वाधारमा हुने यही कम लगानीका कारण यो सबवे र ट्रामभन्दा सस्तो पर्ने यसको निर्माणकर्ता चाइना रेल ट्रान्जिट फर्मले बताएको छ । चीनले यसको व्यावसायिक सुरुआत भने सन् २०१८ बाट गर्नेछ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com