दार्जिलिङमा बढ्दो तनाव


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४

पश्चिम बंगाल राज्य सरकारले विद्यालय शिक्षामा बंगला भाषालाई अनिवार्य गरेपछि नेपाली भाषिक बाहुल्य दार्जिलिङ क्षेत्रमा केही दिनदेखि बढेको तनावले हिंसात्मक रूप लिँदै छ । भाषाको विरोधकै क्रममा पुरानै ‘गोर्खाल्यान्ड’ कै मागलाई फेरि ब्युँताएको देखिन्छ । पहिला पनि लामो समय चलेको अलग राज्यको मागका क्रममा सयौंले ज्यान गुमाए । पछि सीमित अधिकार सम्पन्न गोर्खा दार्जिलिङ पार्वत्य परिषद् गठन गर्दै आन्दोलन तुहिएको थियो । अर्थात एउटा सम्झौतामा गएर आन्दोलन मत्थर भएको थियो । यसपटक फेरि भाषाभन्दा राज्यकै मागले महत्त्व पाउँदै गएको देखिन्छ । हाम्रो मधेस आन्दोलनका क्रममा वीरगन्जमा एकजना भारतीय नागरिक मारिँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो देखाउन सक्छन् । तर हाम्रा नेपाली भाषी दाजुभाइले उठाएको माग पनि जायज हो या तिनको माग पनि सुनुवाइ होस् भन्ने हाम्रो सामथ्र्य हुँदैन रहेछ ? नभए हाम्रो संविधान जारी गर्नेबेलादेखि आजसम्म भारतले हामीलाई कति धेरै पटक सम्झाइसक्यो, सम्झाउनकै लागि हाम्रा हरेक सरकारका परराष्ट्रमन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई बोलाउँछ ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com