भूकम्पपीडितले घर बनाउन नसक्दा १८ अर्ब बैंकमा थन्कियो, पीडित टहरामै


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४

काठमाडौं: राष्ट्रिय पुननिर्माण प्रधिकरणले अनुदानको दोस्रो किस्ताको लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमा थन्किएको छ। पहिलो किस्ता लिएको पीडितको घर नबनाउदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो। प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ५ सय ४२ ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन्। तर दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ। पहिलो किस्ता लैजानको तुलनामा ४.४४ प्रतिशत पीडितले मात्रै दोस्रो किस्ताको रकम लगेका छन्। जस कारण दोस्रो किस्ताको लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किएको छ। प्राधिकरणले भूकम्पपीडितको अनुदानको लागि अहिलेसम्म ५० अर्ब २७ करोड ११ लाख रुपैयाँ निकास गरेको छ। त्यसमध्ये पहिलो, दोस्रो र तेस्रो किस्तामा ३२ अर्ब ३० करोड ५९ लाख रुपैयाँ मात्रै बाडिएको छ। पुन निर्माण प्राधिकरणका अनुशार पहिलो किस्ता लिएर गएका भूकम्पपडितले घर नै नबनाउदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको हो। झण्झटिलो कार्यविधि, अपर्याप्त रकम र कालिगढको कमी भएपछि पीडितले घरब नाउन चासो नदेखिएकव प्राधिकरणले जनाएको छ।
Source : Thaha Khabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com