करेन्ट लागेर मृत्यु


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

दमक, ५ असार । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो ।

करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com