सञ्जयसँगै डेनाली आरोहणमा रहेका २ नेपालीको अवस्था अज्ञात


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

खराब मौसमका कारण अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको छ । तर सञ्जयसँगै आरोहणमा रहेका २ नेपालीको अवस्था अज्ञात रहेको छ । घटनास्थलमा हेलिकप्टर पुग्न सकेको छैन भने उनीहरुसँग दुतावासको सम्पर्क नभएको जनाइएको छ । अलास्का राज्यको डेनाली नेशनलपार्कले पनि उनीहरुको अवस्थावारे केही खुलाएको छैन ।

अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका क्रममा शुक्रबार सञ्जय पण्डितको मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।


खराब मौसमका कारण शव ल्याउनमा समस्या भइरहेको र शव ल्याउन अझै एकदुईदिन लाग्न सक्ने जनाइएको छ । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितका आरोहणबारे विभिन्न रेकर्ड छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com