Follow @khasokhasmag

खराब मौसमका कारण अल्ट्रा धावक  पण्डितको शव ल्याउनमा समस्या 


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

खराब मौसमका कारण अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको शव ल्याउनमा समस्या भएको छ ।  घटनास्थलमा हेलिकॉप्टर पुग्ने प्रयास गरिरहेपनि त्यहाँ पुगेर शव ल्याउन सकेको छैन । प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको हो । 
अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका क्रममा शुक्रबार उनको मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।
यसबारे वासिंटन डिसीमा रहेको दुतावासलाई खबर प्राप्त भईसकेको तर विस्तृत विवरण भने आउन बाँकी छ । 
खराब मौसमका कारण शव ल्याउनमा समस्या भइरहेको र शव ल्याउन अझै एकदुईदिन लाग्न सक्ने जनाइएको छ । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितका आरोहणबारे विभिन्न रेकर्ड छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com