अल्ट्रा धावक  पण्डितको अमेरिकामा मृत्युको खबरले विश्वभरका नेपाली स्तब्ध 


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको खबरले विश्वभरका नेपालीहरु स्तब्ध भएका छन् । प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको हो । 
अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका क्रममा शुक्रबार उनको मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।

यसबारे वासिंटन डिसीमा रहेको दुतावासलाई खबर प्राप्त भईसकेको तर विस्तृत विवरण भने आउन बाँकी रहेको राजदूत अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यसबारे थप जानकारी लिने प्रयास भइरहेको छ । भरेसम्म बाँकी विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।’


खराब मौसमका कारण शव ल्याउनमा समस्या भइरहेको र शव ल्याउन अझै एकदुईदिन लाग्न सक्ने डिसीमा रहेको दुतावासका प्रवक्ता जीवन प्रकाश श्रेष्ठले खसोखासलाई जानकारी दिनुभयो । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितका आरोहणबारे विभिन्न रेकर्ड छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com