दलवलसहित मनोनयन दर्ता


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४

आसन्न स्थानीय तह निर्वाचनका लागि झापामा आइतवार दलका उम्मेद्वारहरुको मनोनयन दर्ता उत्साहजनक देखियो ।
विहान साढे ८ वजेदेखि नै दलका कार्यकर्ताहरु मेचीनगर नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा उपस्थिति भएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित साना दलहरु संघीय समाजवादी फोरम, मंगोल नेसनल, अर्गनाइजेसन, लिम्वुवान पार्टी, नयाँ शक्ति तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराए ।
मनोनयनका लागि दलहरु दलवलसहित उम्मेद्वारहरु आएका थिए । पंचे वाजासहित विभिन्न जातीय पोशाकमा सजिएका कार्यकर्ताले पार्टीको नारावाजी पनि गरे । झापामा १७ वटा दलले चुनावका लागि मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा ८ नगरपालिका ७ गाउँपालिकासहित १५ तहमा निर्वाचन हुदैछ । झापामा कुल ५ लाख १० हजार २ सय १६ जना मतदाता छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com