रुपन्देहीमा उत्साहपूर्वक उमेदवारी दर्ता


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- रुपन्देहीमा बिहानैदेखि उमेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । बुटवल उप महानगरपालिकासहित जिल्लाका १६ वटै स्थानीय तहमा उमेदवारहरुले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

ठूला दलहरुले बाजागाजा र तामझाम सहित बिहानैदेखि ठाउँठाउबाट र्याली निकाले । सबै वडाका उमेदवार, नेता कार्याकर्तासहित नगरपालिका तथा गाउंपालिकामा गएका थिए । निर्वाचन आयोगले ८ बजेबाट उमेदवारी दर्ताको समय तोकेपनि रुपन्देहीमा ९ बजेबाट उेदवारी दर्ता सुरु भएको थियो ।

सबैभन्दा पहिले बुटवल उप महानगरपालिकामा मेयर पदमा जनमुक्तिका जनकबहादुर थापा र उपमेयरमा धनी आलेले आफ्नो उमेदवारी दिएका थिए । यसपछि साना दल , स्पतन्त्र हुदै ठूला दलहरु उप महानगरपालिका परिसरमा गएका थिए ।

रुपन्देहीमा ४ लाख ५८ हजार ६ सय १६ मतदाता छन् । ३० दल सुचिकृत भएको रुपन्देहीमा ४ लाख ५८ हजार ६ सय १६ जना मतदाता छन् । यसकालागि २ सय ८ मतदान स्थलमा ५ सय ४३ मतदान केन्द्र तोकीएका छन् ।

शान्त मर्चवार, स्वतन्त्रमा राजपा
राजपाको वर्चस्व रहेको मर्चवार क्षेत्रमा पनि शान्तिपूर्वक दलका उमेदवारहरु मनोनयन दर्तामा गएका छन् । त्यहाँका ४ वटा गाउंपालिका मध्ये अहिलेसम्म २ वटा गाउँपालिकामा मेयर सहित वडास्तरमा राजपाका कार्यकर्ताहरुले उमेदवारी दर्ता गराएका छन् ।

मर्चवारी गाउँपालिकामा  मेयरमा राजकुमार सिंह र उपमेयरमा जानकी कुर्मीले उमेदवारी दर्ता गराएकी छिन् । यस्तै सम्मरीमाई गाउंपालिकामा मेयरमा अशोक शुक्ला र उपमेयरमा कमरुद्धिन शेखले उमेदवारी दर्ता गराएका हुन् । उनीहरुले उमेदवारी दर्ता गराउदा ठूलो संख्यामा समर्थकहरु पुगेको स्थानीयले बताए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com