राजपा केन्द्रीय कोषाध्यक्ष एमालेमा प्रवेश


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- राष्ट्रिय जनता पार्टी, नेपालका केन्द्रीय कोषाध्यक्ष अनिता यादव एमाले प्रवेश गरेकी छन् । उनीसहित राजपा केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि एमाले प्रवेश गरे ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले यादव, महासेठलगायतका नेताहरुलाई पार्टी प्रवेश गराए ।

यादवले पार्टीमा अतिवादी प्रवृत्ति सुरु भएको भन्दै शनिबार नै पार्टीसमक्ष राजीनामा दिएकी थिइन् । ‘पछिल्लो कालखण्डमा मधेसी जनताले वास्तविकरुपमा खोजेको समन्याय, समानता र समृद्धिको एजेन्डाबाट पार्टी विचतिल भएको,’ राजीनामा पत्रमा उनले लेखेकी छन्, ‘र, राजनीतिको नाममा पूर्णरुपले अतिवाद पल्पलाएकोप्रति मेरो घोर आपत्ति र असन्तुष्टि छ ।’

यादवले २४ वर्षे राजनीतिक यात्रामा १० वर्ष मधेसकेन्द्रित दलमा बिताएको उल्लेख गर्दै आफू आफ्नै घरमा फर्किएको बताइन् । उनले आफूविरुद्धका भ्रम चिर्न नसक्दा एमालेले तराई मधेसमा भावनात्मक क्षति व्यहोरोको भन्दै चिन्ता व्यक्त गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै एमालेविरुद्ध भ्रम फैलाउने प्रवृत्ति विस्तारै निरुत्साहित हुँदै गएको बताए । उनले मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गर्ने क्रम यतिमै सीमित नहुने दाबी गरे । कुनै पनि पद, लोभ र स्वार्थबिना एमालेमा प्रवेश गर्नु नै आफूहरुको ठूलो सम्पत्ति भएको ओलीले उल्लेख गरे ।
यादव तत्कालिन तमलोपा कोषाध्यक्ष श्रीकृष्ण यादवकी श्रीमती हुन् । यादवको दुर्घटनामा निधन भएपछि अनिताले दोस्रो संविधानसभा निर्वाचनमा धनुषा– ५ बाट चुनाव लडेकी थिइन् । धनुषा– ५ मा कांग्रेसका चन्द्रमोहन यादवले ११ हजार ७ सय ५ मत ल्याई निर्वाचित हुँदा एमालेका रघुवीर महासेठले १० हजार २३ मत पाएका थिए भने अनिताले तमलोपाबाट ८ हजार ३ सय ६५ मत पाएकी थिइन् ।

अनिताका पति श्रीकृष्ण यादव लामो समय एमालेकै राजनीतिमा थिए । २०६३ सालमा महन्थ ठाकुरको नेतृत्वमा तमलोपा स्थापना भएपछि उनले एमाले परित्याग गरेका थिए ।

तराई मधेसप्रति अनुदार आरोप लागेको एमालेले पछिल्लो पटक मधेसकेन्द्रित दलका उच्च तहका नेता नै भित्र्याएको छ । उसले यसअघि राजपाकै केन्द्रीय सहमहामन्त्री समिम मियाँ अन्सारीलाई पार्टीमा भित्र्याएको थियो भने वीरगन्जमा माओवादी नेता बसरुद्दिन अन्सारी एमालेमा प्रवेश गरेका थिए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com