गोर्खाल्याण्ड आन्दोलन : एक सैनिक सहित चारको मृत्यु


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४

दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा आज सेनाले चलाएको गोली लागेर एक सैनिकसहित ४ जनाको मृत्यु भएको छ । दर्जनौँ  घाइते भएका छन् । सेनाको गोलीबाट विमल शाह शंकर, सुनिल राई, सुरक्षाकर्मी आईआरवी कमान्डेन्ड किरण तामाङको मृत्यु भएको छ ।  यद्यपी, घटनामा सुरक्षाकर्मीतर्फ आइआरवी कमान्डेन्ड किरण तामाङको मृत्यु भएको भनिएपनि सुरक्षा अधिकारीले त्यो पुष्टी गरेको छैन ।  अर्का एकको नाम खुलेको छैन । गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोधमा प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको गोर्खाल्याण्डका सहसचिव विनय तामाङले बताउनुभयो । अहिले दार्जिलिङको अवस्था तनावपूर्ण रहेको छ । दार्जिलिङका जातीय बोर्डका प्रतिनिधिहरुसँग आज भएको छलफलमा बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले आतंकवादी संगठनसँग मोर्चाको साँठगाँठ रहेको आरोप लगाउनुभयो । आतंकवादी संगठन र छिमेकी देशहरुको अगुवाईमा दार्जिलिङमा हिंसा भड्किएको दावी गर्दै बेनर्जीले भन्नुभयो, ‘मोर्चाले दार्जिलिङमा आतंक फैल्याउन पहिल्यैदेखि हतियार खरिद गरेर राखेको थियो ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com