‘पढ़ाने रहर छ, सहयोग गर्ने कोही छैन’


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

-रामचन्द्र न्यौपाने

डोल्पाका दुर्गम गाउँका झन्डै एक दर्जन अनाथ बालबालिका सहाराविहीन भएका छन् । अभिभावक गुमाएका उनीहरूको लालनपालनमा समस्या देखिएको छ । उनीहरूमध्ये केहीका आमा छैनन् भने केहीका बुवा छैनन् । केहीले दुईवटै अभिवक गुमाएका छन् ।

त्रिपुरा सुन्दरी नगरपालिका पहाडाकी करिश्मा केसी, सोही नगरपालिकाका बिपिन थापा, सुरेश बुढा, कर्णचन्द्र बोहोरा, नवराज शाही, रुपलाल थापा, बुधे कुलाल, कल्पना सार्की र ठूली भेरी नगरपालिकाकी रमिता बुढा सहाराविहीन भएका हुन् । अभिभावकको अभावमा पठनपाठन गर्न नपाउँदा पढेर ठुलो मान्छे बन्ने धोको अधूरै रहेको उनीहरूको भनाइ छ ।

‘हाम्रा संरक्षकको आर्थिक अवस्था निकै कमजोर छ । गरिबीका कारण कापी, किताब कलम उपलब्ध गराउन नसकेकाले पढ्न पाइएको छैन,’ उनीहरूले एउटै स्वरमा भने, ‘कुनै पनि संघ संस्थाले हामीलाई पढ्ने वातावरण मिलाइदिए हामी हाम्रो भविष्य राम्रो बनाउने थियौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ की दीलमाया बिष्टले हाल सहारा दिएकी छिन् । ‘पढ्ने चाहना भएर पनि स्कुल जान नपाएका अनाथ बालबालिकालाई पढ्ने वातावरण मिलाउन सक्छु कि भनेर घरमा ल्याएको थिए,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘एक वर्षसम्म म आफैँले खर्च धानेर पढाएँ । तर, नसकेपछि पढ्न पाएका छैनन् । कसैले सहयोग पनि गरेका छैनन् ।’

उनले कुनै संघसंस्थाले खाद्यान्न, लत्ताकपडा र कापीकलम सहयोग गरे सहाराविहीनहरूलाई ठूलो राहत पुग्ने बताइन् । ‘मरो कुनै आयस्रोत छैन् । उनीहरूका लागि खानेकुराको व्यवस्था गर्न नै मलाई धौ–धौ भइसकेको छ,’ मन भएर पनि धन नहुँदा असहाय बालबालिकाका लागि शिक्षादीक्षाको व्यवस्था गर्न नसकेको पीडा पोख्दै उनले भनिन् । 

‘म १२ वर्षकी भएँ । नजिकैको सरकारी विद्यालयमा कक्षा ८ मा पढ्छु । मेरा आमा–बुबा बित्नुभयो । अहिले भिनाजुको सहारामा बसेकी छुु,’ त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने कल्पना सार्कीले भनिन्, ‘भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्थासमेत छैन् । पढ्ने मन हुँदाहुँदै पढ्न नसक्ने अवस्था छ ।’

त्रिपुरासुन्दरी– १ कै बुधे कलाको अवस्था पनि त्यस्तै छ । ‘बुवा सानैमा बिते । घरका आमा एक्लै हुनुहुन्छ । पढ्ने चाहना छ तर, घरमा बिहान बेलुका छाक टार्नै मुस्किल छ । शरीर ढाक्नसमेत कपडा अरुसँग माग्नुपर्छ । पढ्ने ठूलो रहर छ । तर, आर्थिक अभावले सम्भव भइरहेको छैन ।’ गहभरी आँखु पार्दै दश वर्षका बुधेले भने, ‘मेरो उमेरका साथीहरू विद्यालय जान्छन् । राम्रो लगाउन पाएका छन् । मीठो खान पाएका छन् । आफूलाई पेटभरी खान पनि पुगेको छैन । पढ्ने रहर त रहरै भएको छ ।’

नयाँ पत्रिकाबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com