चुनाव सारेकोमा विद्यार्थीले गरे विरोध प्रदर्शन


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

काठमाडौँ, २ असार । नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले प्रदेश नं– २ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा आज यहाँ विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।

सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं– २ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताउनुभयो ।

अभियानमा उक्त प्रदेशका सबै जिल्लामा चुनाव केन्द्रित सभा गरी स्थानीय जनतालाई बुझाइने जनाइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com