निर्वाचन सारेको विरोधमा अनेरास्ववियुको प्रदर्शन, देउवा र दाहालको पुतला जलाए


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

असार २, २०७४- प्रदेश नम्बर २ को निर्वाचन सारेको विरोधमा प्रतिपक्षी एमाले निकटका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुको अगुवाईमा उनीहरुले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता पक्ष मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुतला समेत जलाएका छन् ।

सरकारले मधेसकेन्द्रित राजपाको मागबमोजिम असार १४ गते हुने भनिएको दुई नम्बर प्रदेशको निर्वाचन बिहीबार असोज २ गतेलाई सारेको थियो ।

सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।

सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं–२ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताइन् ।


Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com