Follow @khasokhasmag

मोरङमा १४४ मतदानस्थल संवेदनशील


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

पथरी (मोरङ), २ असार । मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो ।

पौडेलका अनुसार सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र छन् । मोरङमा ५ लाख १४ हजार ६१८ मतदाता छन् भने कुल ६५९ मतदान केन्द्र एवम् ३०० मतदानस्थल कायम गरिएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com