वालिङ, २ असार । किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ ।
“अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “दिउँसो बाँदर र रातमा दुम्सीले मकै तथा तरकारीबाली नष्ट गरिदिएको छ, हामी निक्कै समस्यामा छौँ ।”
प्रत्येक घरबाट एक÷एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ । दिउँसोमा बाँदर कुरेपनि रातको समयमा फेरि दुम्सीले बालीनाली सखाप पार्ने गरेको स्थानीय कृषकको गुनासो रहेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
“खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनमात्रै दुःख गर्नुप¥यो”, पाण्डेले भन्नुभयो, “आगामी वर्षदेखि कि त बाँझै राख्नुपर्ने बाध्यता हुने भो कि त बाँदर र दुम्सीले नखाने खालका बालीहरु लगाउने सोच बनाएका छौँ ।” रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।