मनिषा कोइराला बागमती सफाइ दुत मनोनीत


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

सरकारले वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो ।

कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ । तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए ।

२०७० जेठ ५ देखि सातामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com