एसइईको नतिजा शुक्रबार, नतिजा थाहा पाउने २२ तरिका


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।


कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा वेवसाइट, एसएमएस र आईभिआरबाट प्रकाशन हुने भएको छ । नेपाल टेलिकम, आकाश टेक प्राली, फोकशवान नेपाल, एनसेल, वान अप कम्युनिकेशन, जानकी टेक्नोलोजी, एजि सर्भिस लगायतबाट एसएमएसमार्फत तर शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका वेवसाइटबाट भने अनलाइनमार्फत पनि हेर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com