मेलम्चीको पाइप बिछ्याउँदा ज्यान गुमाउनेका परिवारलाई ११ लाख क्षतिपूर्ति


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

उपत्यकामा मेलम्चीको पानी वितरणका लागि थोक प्रणालीको पाइप बिछ्याउने क्रममा शीतापाइला चोकमा भएको दुर्घटनामा परी मृत्यु भएका परिवारले बिमा र किरिया खर्चबापत ११/११ लाख पाउने भएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयसँगको सम्झौताबमोजिम तेञ्जीङ रमण कन्ट्रसनले बिछ्याइरहेको थोक वितरण प्रणाली तीनअन्तर्गत शीतापाइला चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको थियो ।

पाइप बिछ्याउनका लागि खनिएको खाल्टोमा पाइप राखेर माटोले सम्याउन खाल्टोभित्र छिरेका सप्तरी जिल्लाका सन्तोष दास र श्यामसुन्दर राम एवम् पर्वत जिल्लाका तेजप्रसाद केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक तीनै जनाले सात महिनादेखि पाइप बिछ्याउने काम गर्दै आएका थिए । घटनापछि आज दिउँसो आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफ्न्तबीच भएको बैठकमा श्रम ऐन र ठेक्का सम्झौताबमोजिम मृतकका परिवारलाई सबै सुविधा हुने सहमति भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
बैठकमा निर्देशनालयका तर्फबाट प्रतिमृतक रु पाँच लाख र निर्माण व्यवसायीका तर्फबाट रु छ लाख गरी र ११ लाख दिने सहमति भएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com