निर्वाचन कुनै हालतमा सर्दैन :निर्वाचन आयुक्त


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

काठमाडौं ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ ।

आज काठमाडौमा गरेको साक्षात्कारमा बोल्दै उहाले निर्वाचनको सम्पूर्ण तयारी भईसकेको भन्दै तोकिएको समयमा नै निर्वाचन गर्न आयोग प्रतिवद्ध गरेको धारणा राख्नुभयो । उहाले  सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराउदै संवेदनशिलताका आधारमा अनुगमन टोली पनि खटाईसकेको धारणा राख्नुभयो ।

यादवले अब स्थानीय तहको संख्या थप भएमा निर्वाचन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जानकारी दिनुभयो । उहाले निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत आग्रह गर्नुभयो ।

तराईमा जाँदा तराइका जनता निर्वाचनका लागि आतूर आफूले पाएको यादवले बताउनुभयो ।
यादवले निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि प्रभावकारी रुपमा काम गरिरहेको समेत जानकारी गराउनुभयो । उहाले अब कुनै पनि दललाई अब चुनाव चिन्ह पनि दिन नसकिने पनि स्पष्ट पार्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com