नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

काठमाडौँ, ३० जेठ । हङकङस्थित नेपाली महावाणिज्य दूतावास, हङकङ नेपाल व्यापार सङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदिवसीय व्यापार मेला हुनेभएको छ ।

हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुनलागेको हो । मेलामा नेपालमा उत्पादित प्रमुख हस्तकलाका वस्तुको प्रदर्शन तथा बिक्री गरिने महासङ्घका महानिर्देशक डा गोविन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मेलामा नेपालको कला र संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायी १५ वटा फर्म कम्पनीले सहभागिता जनाउने रेग्मीले बताउनुभयो । मेलाबाट नेपाल र हङकङको कला तथा सांस्कृतिक एवम् व्यापारिक सम्बन्ध विस्तार हुने महासङ्घले विश्वास लिएको छ । मेलामा नेपालका तर्फबाट ५० जनाभन्दा बढीले भाग लिने महासङ्घले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com