किन चर्कियो गोर्खाल्याण्डमा आन्दोलन ?


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

Indian supporters of the Gorkha Janmukti Morcha (GJM) shout slogans at a protest during a general strike called by the GJM in Darjeeling on June 13, 2017. Thousands of tourists fled the Indian hill resort of Darjeeling on June 12 after local activists demanding the creation of a new Indian state warned that a general strike could degenerate into violence. Hundreds of troops and riot police patrolled the streets of the famed tea-producing resort in eastern India as panicked tourists packed their bags. / AFP PHOTO / DIPTENDU DUTTA

काठमाडौं ३० जेठ । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशंकाका कारण विदेशी एवं भारतीय पर्यटकले दार्जिलिङ छाडेका छन् ।
दार्जिलिङ घुम्न आएका पर्यटक आन्दोलनकै कारण दार्जिलिङ छाड्न बाध्य भएको भारतीय संचार माध्यमले जनाएका छन् । दार्जिलिङमा बंगाली भाषालाई अनिवार्य गरिएपछि नेपाली भाषी आन्दोलनमा छन् ।

उनीहरु गोर्खाल्याण्ड राज्य मागसहित आन्दोलनमा उत्रिएका हुन् । केही दिनयता जारी आन्दोलन नरोकिएकाले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर हिडेका हुन् ।

दार्जिलिङ हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन । ती रिसोर्टमा विदेशी पर्यटक खचाखच रहेकोमा उनीहरुले बुकिङ रद्द गरेर हिड्नु परेको हो ।
गोर्खा जनमुक्ति मोर्चाले सोमबारदेखि अनिश्चितकालीन आम हड्तालको आव्हान गरेको छ । आन्दोलनमा सरकारले दमन गरेमा थप हिंसात्मक हुनसक्ने चेतावानी मोर्चाले दिएको छ ।
आन्दोलन चर्कदै गएका कारण पर्यटकहरुले दार्जिलिङ छाडेको होटल व्यवसायीहरुले बताएका छन् । आन्दोलनकारीले गतहप्ता भएको यस्तै विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी कम्तीमा पनि १२ जनालाई नराम्ररी घाइते बनाएका थियो ।

गोर्खा मुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले अबको आन्दोलन गोर्खाल्याण्ड राज्य स्थापनापछि मात्र अन्त्य हुने चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com