राजपाको जनकपुर बन्द, जनजीबन प्रभावित


प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार

जनकपुर, ३० जेठ । निर्वाचन भाड्नने अभियानमा जुटेको राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ ।

राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले जनकपुरको मुख्य मुख्य चोकहरुमा मंगलबार बिहानैदेखि टायर बालेर निर्वाचनको विरोधमा चर्का नाराबाजी समेत गरेका थिए । आफूहरुको माग सम्बोधन नगरी निर्वाचन गरेकाले बिथोल्ने कार्यक्रमलाई तीव्रता दिइएको प्रदर्शनमा उत्रेका पार्टीका नेता कार्यकर्ताले बताएका छन ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । बजार र शिक्षण संस्थासमेत बन्द भएका छन । बन्दकर्ताहरुले दर्जनांै सवारी साधनमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

यता, स्थानीय प्रशासनले भने उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
बिहानैदेखि चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय जनता पार्टीले आफूहरुको माग सम्बोधन नभई मधेशमा निर्वाचन हुन नदिने चेतावनी समेत दि“दै आएको छ । उता, वीरगंजमा पनि राष्ट्रिय जनता पार्टीकै आह्वानमा बन्द गरिएको छ । निर्वाचनको विरोधमा गरिएको बन्दका कारण सर्वसाधारणले भने सास्ती व्यहोर्नु परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com