सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा बा।२ ज। २३५२ नंको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा आज दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
गएराति भएको दुर्घटनामा घाइते भएका सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोककै २५ वर्षीय राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालक लामाको ब्लू क्रस अस्पतालमा र तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।