राष्ट्रपति जेनेभा प्रस्थान


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

/fi6«klt e08f/L a}ªss k|:yfg /fi6«klt ljBfb]jL e08f/L >Lnªsf / yfONofG8sf] kfFrlbg] cf}krfl/s e|d0fsf nflu z’qmaf/ laxfg yfONofG8sf] a}ªsstkm{ k|:yfg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री कृष्णबहादुर महराले विदाई गर्नु भएको थियो । मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रतिनिधिले राष्टपति भण्डारीलाई विदाई गर्नु भएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत् अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनुहुन्छ । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com