Follow @khasokhasmag

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

कोहलपुर (बाँके), ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ ।

नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पुरैनाबाट फर्कदै थिएँ, अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताउनुभयो । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “स्वस्थ प्रतिस्पर्धामा आउनुस्, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबै दलको जिम्मेवारी हो, जनताले जसलाई मन पराउँछन्, उसैलाई मतदान गर्छन् ।” रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com