नेपाल आदिवासी जनजाति महासंघ अमेरिकामा ११ सल्लाहकार, कार्यसमितिमा ४३% महिला


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ भने ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ ।

अठार जनजाति सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका थिए भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिशत महिला निर्वाचित भएका थिए ।

२०२१-२३ कार्यकालको लागि फिप्नाको विधान २००५ भाग ५ धारा २८ बमोजिम सल्लाहकार पदमा मनोनितहरुमा प्राध्यापक, लेखक महेन्द्र लावती लिम्बु, कानुनविद् रमेश कुमार श्रेष्ठ, व्यवसायी ग्याल्जेन नुरु शेर्पा, एनआरएन अभियन्ताहरु नविन शेरचन, बाबुराम लामा, फिप्नाका निवर्तमान अध्यक्ष लोक बहादुर लिम्बू, संचारकर्मी प्रदिप परियार थापा, सामाजिक कार्यकर्ताहरु छिरिङ राप्के लामा, पदम गुरुङ, निर्मल प्रधान र लिला राई रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्णता दिईएको कार्य समितिमा अध्यक्ष राज कुमार बिष्ट, उपाध्यक्ष मिग्मर शेर्पा, महिला उपाध्यक्ष छोन्जोम लामा, क्षेत्रिय उपाध्यक्ष माया लामा ह्योल्मो, महासचिव टोमा लामा, कोषाध्यक्ष तुल बहादुर तामाङ, सह कोषाध्यक्ष दिपक चौधरी, सचिवहरु चम्पा कुमारी तामाङ, सुबास राई र सदस्यहरुमा मुक्ति वानत्वा राई, रुकु राना मगर, प्रकाश कुमार सुनुवार, ईन्द्र कुमारी गुरुङ र राम कृष्ण महर्जन रहेका छन् ।

संघीय परिषद्मा सुवर्ण शाक्य र गोमा योञ्जन रहेका छन् ।

फिप्नाका नव निर्वाचित अध्यक्ष राजकुमार विष्टले अब महासंघलाई सबै संघसंस्थाहरूसंग समन्वय र सहकार्य गरी नेपाली समुदायको नेतृत्वदायी र प्रभावशाली महासंघको रूपमा स्थापित गर्न लागि पर्ने बताएका छन् । अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको सँस्कृतिहरूको संरक्षण, सम्वर्धन र मौलिक पहिचानको निम्ति महासंघबाट सरकारी र गैरसरकारी निकायहरूसंग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

फिप्नाको नयाँ कार्य समितिमा १६ मध्ये ७ जना अर्थात ४३ प्रतिसत महिलाहरू निर्वाचित भएका हुन् । फिप्नामा महिलाहरूको यो उपस्थिति उदाहरणीय बनेकोछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com