यस्तो बन्दैछ रानीपोखरी, हेर्नुस्-फाईनल डिजाईन


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

काठमाडौं २९ जेठ । रानीपोखरीलाई काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका क्रममा रहेको परिस्कृत डिजाइनमा बनाउने भएको छ ।

पुनर्निर्माण सुस्त गतिमै भए पनि रानीपोखरीको ‘फाइनल डिजाइन’ तयार भएको छ ।

नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने बताईएको हो ।
महानगरपालिकाले यसअघि पनि रानीपोखरीको डिजाइन तयार पारेको थियो । तर, विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको जनाईएको छ ।
नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ बताईएको छ ।

उनले राजधानी आएपछि घुम्नैपर्ने स्थलका रुपमा रानीपोखरीलाई परिणत गर्ने रेग्मीले बताए । ‘यसको पुनर्निर्माणबारे बारम्बार चासो ब्यक्त भइरहेको छ’ रेग्मीले भने, ‘अब रानीपोखरी कस्तो बन्छ भन्ने कुरा निश्चित भयो । काम अब तीब्र गतिमा हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com