नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

जेष्ठ २९, २०७४- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् । ब्युरोले ती सबैसँग बयान जारी राखेको छ । स्रोतका अनुसार पक्राउ परेकामध्ये १४ जनालाई अनुसन्धानका निम्ती म्याद थप्नका लागि काठमाडौं जिल्ला अदालत लगिंदै छ ।

रमेश मर्हजनलगायतका ब्यक्तिले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमा प्रत्येकले जनही तीन लाख रुपैयाँसम्म लगानी गरेको देखिएको छ । युनिटी र हर्बोजस्तै पिरामिड आकारको सञ्जाल विस्तार गर्ने र व्यापार गर्ने उद्धेश्य यो समुहले राखेको देखिन्छ । सरकारले नेटवर्किङ व्यवसायलाई गैरकानूनी ठहर गरेको छ ।

 Source : Ekantipur
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com