‘रोजगारीमा महिलाका भविष्य’ बारे राष्ट्रपतिबाट जेनेभामा सम्बोधन हुने


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

/fi6«klt e08f/L a}ªss k|:yfg /fi6«klt ljBfb]jL e08f/L >Lnªsf / yfONofG8sf] kfFrlbg] cf}krfl/s e|d0fsf nflu z’qmaf/ laxfg yfONofG8sf] a}ªsstkm{ k|:yfg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, २९ जेठ । अधिकांश महिला पारिश्रमिक पाउने रोजगारी चाहन्छन् तर उनीहरूको रोजगारीमा प्रगति सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अहिले मन्द छ र केही स्थानमा पूर्ण रूपमा रोकिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले १४२ मुलुकमा गरेको एक सर्वेक्षणपछि यस्तो निचोड निकालिएको हो । यसले महिलाको चाहना तथा श्रम बजारको वास्तविकताबीच निकै भिन्नता रहेको देखाएको यी संस्थाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलन जुन ६ देखि १७ सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको छ र यस सङ्गठनका १८७ सदस्य मुलुकका कामदार, रोजगारदाता तथा सरकारका प्रतिनिधिले श्रम आप्रवासन, पेसागत सुरक्षा र स्वास्थ्य, मौसम परिवर्तन तथा रोजगारीमा महिलालगायत विषयका मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन् ।

यसै सम्मेलनअन्तर्गत जुन १५ को दिवसमा ‘रोजगारीको विश्व शिखर बैठक’मा ‘रोजगारीमा महिलाका लागि राम्रो भविष्य’ बारे छलफल हुने कार्यक्रम तय भएको छ । हाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनले महिलाका लागि राम्रो रोजगार सम्बन्धमा देखिएका बाधाका विषयमा छलफल आयोजना गरिरहेको छ र यसले संयुक्त राष्ट्र सङ्घको दिगो विकासका एजेन्डामा उल्लेख गरिएका परिवर्तन प्राप्त गर्न सघाउने अपेक्षा गरिएको छ । राम्रो रोजगारी तथा लैङ्गिक समानता एजेन्डा २०३० का प्रमुख भाग हुन् र महिलाका लागि राम्रो रोजगारीले सबैका लागि राम्रो रोजगारी उपलब्ध गराउँछ भन्ने मान्यता राखिएको छ ।

यस शिखर सम्मेलनमा यी तथा अन्य सम्बन्धित विषयमा नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सम्बोधन ९किनोट एड्रेस० गर्नुहुनेछ । लैङ्गिक समानता अगाडि बढाउन विश्वका नेताहरूले लिनुभएका पहलकदमीका विषयमा राष्ट्रपति भण्डारीका साथमा यस शिखर सम्मेलनमा गणतन्त्र माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेका तथा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमले पनि प्रमुख सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको वेबसाइटमा उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘महिला तथा रोजगारीका लागि राम्रो भविष्यतर्फ ः महिला तथा पुरुषको आवाज’ नाम दिइएको र अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले गरेको सर्वेक्षणको प्रतिवेदन सन् २०१७ को मार्चमा सार्वजनिक भएको थियो । यस प्रतिवेदनमा विश्वभर महिलाले पारिश्रमिकयुक्त रोजगारी मन पराउने गरेको, रोजगारी तथा परिवारबीच सन्तुलन तथा पैसा तिरेर पाउन सकिने स्याहारको अभाव रहेको, विश्वभर रोजगार महिलाले भोगेका प्रमुख चुनौती रहेको देखाइएको छ भने विशेष गरी केही क्षेत्रमा अनुचित व्यवहार, दुव्र्यवहार तथा भेदभाव महत्वपूर्ण बाधा रहेको निष्कर्ष निकालिएको छ । यिनै विषयमा पनि यस शिखर बैठकमा छलफल हुनेछ ।

रोजगारी तथा महिलाका विषयमा अवधारणा बुझ्न सन् २०१६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले १४२ मुलुकमा एक लाख ४९ हजार महिला तथा पुरुषसँग अन्तर्वार्ता लिएको थियो । यस सर्वेक्षणमा उत्पादनशील रोजगारी तथा राम्रो रोजगारीको खोजीमा रहेका महिलालाई पुरुषले पनि सघाउने अवस्था देखिएको थियो । हालसम्म पनि लैङ्गिक समानता प्राप्त गर्न नसकिएको अवस्थामा विश्वका धेरै मुलुकमा वास्तविक विभाजन अझै रहेको यस सर्वेक्षणबाट देखिएको थियो तर यसले महिला र पुरुषबीच सधैँ झैँ परम्परागत विभाजन कायम नरहने देखाएको थियो ।

सर्वेक्षणमा भाग लिने ७० प्रतिशत महिला तथा ६६ प्रतिशत पुरुषले महिलाले पारिश्रमिक पाउने काम गरे हुन्थ्यो भन्ने धारणा राखेको देखियो । यो प्रतिशत महिला घरैमा बसिदिए हुन्थ्यो भन्ने सहभागीको भन्दा दोब्बर बढी थियो । सर्वेक्षणमा बहुसङ्ख्यक महिला तथा पुरुषले आफ्नो परिवारका महिलाले घर बाहिर पारिश्रमिक पाउने रोजगारी गर्नु स्वीकार्य भएको बताए । सर्वेक्षणमा प्रायः सबै महिला तथा पुरुषले रोजगारी तथा परिवारबीच सन्तुलन सबैभन्दा ठूलो चुनौती भएको बताए ।

सर्वेक्षणमा समान शिक्षा भएका महिला तथा पुरुषले आफू बसेको स्थान वा नगरमा महिला तथा पुरुषका लगि समान रूपमा राम्रो रोजगारी पाउने अवसर भएको बताए । सर्वेक्षणमा सबै मुलुकका रोजगार महिलाले आफ्नो आय घरपरिवारको आयको महत्वपूर्ण भाग भएको जानकारी दिए । करिब एक चौथाइ महिलाले आफ्नो आय घरपरिवारको आयको प्रमुख भाग भएको बताए । यसो भए पनि महिलाले प्रत्येक मुलुक तथा क्षेत्रमा रोजगारीमा गम्भीर चुनौती भोगेको देखिएको छ ।

यस शिखर बैठकबाट कार्यस्थलमा महिलाका लागि राम्रो भविष्य सुनिश्चित गर्न विभिन्न पक्षलाई क्रियाशील बनाउन सकिने अपेक्षा गरिएको छ । सन् २०१९ मा आयोजना हुने शिखर बैठकको रोजगारीसम्बन्धी उच्चस्तरीय विश्वव्यापी आयोगको भविष्य तथा सन् २०१८ को सम्मेलनमा उठाइने हिंसा तथा दुव्र्यवहारका विषयमा पनि स्तर तय गर्न यस शिखर सम्मेलनले सहयोग गर्ने अपेक्षा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com