सर्बोच्चले आज सुनुवाई गर्न भ्याएन भरतपुर महानगरको मतपत्र प्रकरण


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

काठमाडौं २८ जेठ।
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज पनि नलागेको हो ।
सर्बोच्चका अनुसार न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याईने जनाईएको हो ।

चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालत आज पनि निर्णय गर्न नसक्ने भएको छ ।

१७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।
आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दायर गरेको हो ।
आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि मिति भने तोकेको छैन ।
यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com