कस्तो निर्णय गर्यो त आजको मन्त्रिपरिषद् बैठकले ?


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

काठमाडौं २८ जेठ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दलसम्बन्धि सरकारले ऐन, २०७३ पुनः संशोधन गर्ने भएको छ ।
राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक संसदमा दर्ता गराउने निर्णय लिएको हो ।

दल दर्ता गर्न नपाएपनि ६ वटा दल भित्रकै चुनावचिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो ।

सरकारले राजनीति दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक आईतबारनै व्यवस्थापिका संसदमा दर्ता गराउने र सोमबारसम्म पारित गरिसक्ने पनि स्पष्ट पारेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पारित हुने अवस्था नरहेकाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन प्रस्ताव भने अघि बढाउन नसकिने उल्लेख गरिसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीजरल्याण्ड भ्रमण जाने बारे र जापान सरकारले दिएको सहयोग स्वीकृत गर्ने आदि निर्णय भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com