युद्धग्रस्त यमनमा हैजाको महामारी


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

काठमाडौं । युद्धग्रस्त यमनमा हैजाको महामारी फैलिएको छ ।
गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाख भन्दा बढी प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको र गएको अप्रिल २७ यता हैजाका कारण ७ सय ९८ जनाको ज्यान गएको छ । अक्सफामका अनुसार यमनका हैजाका कारण पछिल्लो समय एक घण्टामा एक जनाको ज्यान जाने गरेको छ ।

दुई वर्षदेखि सरकारी सेना र हुथी बिद्रोहीबिच भइरहेको युद्धका कारण यमनको स्वास्थ्य, खानेपानी तथा सरसफाइ व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हैजाबाट प्रभावित हुनेमा बढी बालबालिका रहेको र उनीको अवस्था निकै दयनिय बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय बाल कोश युनिसेफले हैजाको दर नाटकीय रुपमा बढेको र यो निकै चिन्ताको विषय रहेको बताएका छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com