भरतपुरको फैसला आज के होला ?


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

काठमाडौं २८ जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुँदैछ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले यसअघि आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि मिति भने तोकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com