दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

कञ्चनपुर, २८ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।

डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गरिएको डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ ।

गड्डाचौकी, दैजी, महेन्द्रनगर बजारको भानु चोक र झलारी क्षेत्रमा रोड मार्किङ मेसिनको सहायताले जेब्रा क्रसिङ निर्माण गरिएको कन्ट्रक्सनका कर्मचारी दीपक वरुवालले बताउनुभयो ।

विद्यालय, बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास ट्राफिक प्रहरी रामनरेश चौधरीको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पु¥याउने विश्वास लिएका छौं” उहाँले भन्नुभयो ।

जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने ट्राफिक प्रहरीको योजना छ । रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com