बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

सुरुङ्गा (झापा), २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।

“के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”

अनुसन्धानकै क्रममा प्रहरीले शनिबार राति दाहालको घर नजिकै खाल्डो खनेर प्लास्टिकमा बेरिएको अवस्थामा पुरिएको रु ८५ हजार फेला पारेको छ ।

दाहाल परिवारले डेढ महिनाअघि रु एक लाख हत्याका अभियुक्त अधिकारीले चोरेर लगेको आरोप लगाउँदै आएका थिए । दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकाको अनुहार, टाउको र छातीमा बन्चरो प्रहार गरी गत बुधवार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com