घाँटी रेटिएको अवस्थामा शव बरामद


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

धनुषा, २७ जेठ । धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको इनर्वा प्रहरीचोकीका प्रहरी सहायक निरीक्षक राधेमोहन साहले जानकारी दिनुभयो ।

शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनास्थलबाट दुईवटा घडी बरामद भएकोे र उक्त स्थानमा लछारपछार भएको जस्तो देखिएकाले कुनै विवादका कारण घटना भएको हुनसक्ने आशङ्का गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमावर्ती क्षेत्रमा भएकाले नेपाली हुन् वा भारतीय नागरिक बताउन गाह््रो छ । त्यस घटनाको विषयमा भारतीय प्रहरीसङ्ग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com