लुम्बिनीको तस्बिर उपहार बेल्जियमका न्यायमन्त्रीलाई


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

काठमाडौँ, २७ जेठ । लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।
बेल्जियमको सङ्घीय संसद्द्वारा त्यहाँको लुभेन सहरमा आयोजित मिड समर फेस्टिवलका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले बुद्धमूर्तिलगायत उपहार प्रदान गर्नुभएको अभियानले जनाएको छ ।

अध्यक्ष आचार्यले मन्त्री गककएन्सलाई उपहार हस्तान्तरण गरेपछि लुम्बिनी विश्व शान्तिको केन्द्रको रुपमा रहेको तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको जानकारी गराउनुभयो ।

बेल्जियमका सांसद इल्स वन हूफको निमन्त्रणामा अध्यक्ष आचार्य उक्त फेस्टिवलमा सहभागी हुनुभएको थियो । लुम्बिनी विकास कोषसँग सहकार्य गरेर बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्व समुदाय माझ विश्वशान्ति नगरको रुपमा स्थापित गर्ने उद्देश्यले अभियानले अन्तर्राष्ट्रिय तहमा विभिन्न कार्य गर्दै आएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com