माग पूरा नभई चुनावमा नजाने अडान लिएका राजपा सिंहदरबारमा


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

काठमाडौं २७ जेठ । आफ्नो माग पुरा नभई स्थानीय तहको निर्वाचनमा भाग नलिने लिई आन्दोलनको तयारीमा रहेको राजपा नेपाललाई आज प्रधानमन्त्री शेर बहादुर देउवाले छलफलमा बोलाए ।
माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुलाई प्रधानमन्त्री देउवाले शनिबार मध्याह्न सिंहदरबारमा वार्ताका लागि बोलाएका हुन् ।

राजपा नेताहरुलाई चुनावमा जाने वातावरण बनाउने आश्वासन प्रधानमन्त्रीले देउवाले दिइसकेका छन ।
दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमतिका आधारमा राजपा प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न आएको थियो । तर, उसले शुक्रबारबाट एक्कासि संशोधनलाई न्यूनतम अडानका रूपमा लिन थालेको हो ।
सरकारले राजपाको मागअनुसार बिहीबार मात्रै संसद्बाट स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । संशोधनलगत्तै निर्वाचन आयोगले स्थानीय तहमा भाग लिने दलमध्ये उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर बुझाउन शुक्रबार सूचना प्रकाशित गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com