राजपा नेता भन्छन् – संविधान संशोधन बिना चुनावै हुदैन


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

सप्तरी, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) का अध्यक्ष मण्डलका अध्यक्षहरुले संविधान संशोधन बिना मधेसमा स्थानीय तहको दोश्रो चरणको निर्वाचन हुन नसक्ने बताएका छन् ।
प्रेस मञ्चले राजविराजमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले सो बुरा बताएका हुन् ।
जनसंख्याको आधारमा स्थानीय तहको पुर्नगठन हुनुपर्ने, मधेस आन्दोलनको क्रममा राज्यद्वारा आन्दोलनकारीहरुमाथि लगाईएको झुठा मुद्दा खारेज हुनुपर्ने, मृतक आन्दोलनकारीहरुलाई शहीद घोषणा गर्नुपर्नेसहितको माँग अझ पुरा नभएको भन्दै आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारले माँग पुरा गर्न बेइमानी गरेको आरोप लगाउनुभयो ।

उहाँले सरकारमाथि विश्वास गर्न सक्ने अवस्था नरहेको बताउदै अब संविधान संशोधन काग्रेस–माओवादीले पनि नगर्ने भएपछि अब आन्दोलनको तयारीमा लागेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन बिना मधेसको माग पूरा नहुने भएपछि मधेसमा चुनाव पनि हुने अवस्था नरहेको जिकिर गर्नुभयो ।
एक अर्को प्रसङ्गमा काठमाडौंका मिडियाहरुले मधेसमा चुनाव माहौल बनेको भनि भ्रामक समाचार लेखिरहेको प्रति आपत्ति जनाउनुभयो । महतोले संविधान संशोधन पछि मात्रै चुनाव हुनुपर्ने मधेसी जनताको भनाई रहेकोहुँदा कुनै एउटा मधेसवादी दल चुनावमा जा“दैमा चुनावको माहौल मधेसमा बनेको भनाईप्रति नलाग्न आग्रह समेत गर्नुभयो ।
राजपाका अर्का नेता राजकिशोर यादवले आफूहरु चुनाव विरोधी नभएको बताउदै चुनावकालागि संविधान संशोधन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले राजपा एउटा पार्टी नभई मुलुकको एउटा पक्ष बनिसकेकोले मुलुकका एउटा पक्षलाई बाहिर राखेर कुनै पनि हालतमा चुनाव गराउनु दिवास्वप्न मात्र हो भन्नुभयो ।

संविधान पुर्नलेख्न नभई संशोधनको मात्रै हाम्रो माग रहेको अवस्थामा पुर्नलेख्नको माग गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी जनताको रगत नसुक्दै चुनावमा जाने निर्णयले मधेसी जनतामाथि ठूलो धोकेबाजी भएको राजपाका दुवै नेताको दाबी थियो ।
यसअघि शुक्रबार राजविराजमा आयोजित बिरोध सभामा राजपाका नेताद्वय राजेन्द्र महतो र राजकिशोर यादवले माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा नजाने बताइसक्नु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com